आईएमएस सफ्टवेयरले ल्यायो ‘पोखरामा डिजिटल भुक्तानी’, अब नगद हाेइन क्यूआर प्रयाेग गरौं

काठमाडाैं : आईएमएस सफ्टवेयर प्राइभेट लिमिटेड कम्पनीले एक कार्यक्रमकाे आयोजना गरी ‘पोखरामा डिजिटल भुक्तानी’ सफ्टवेयर सञ्चालनमा ल्याएकाे छ ।

पोखरामा सयभन्दा बढी ग्राहकहरुकाे सहभागितामा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने भिजनको साथ कम्पनीले “पोखरामा डिजिटल भुक्तानी” “अब नगद हाेइन क्यूआर प्रयाेग गरौं” भन्ने नाराका साथ कार्यक्रमकाे आयोजन गरेकाे हाे । कार्यक्रममा नगद भुक्तानी भन्दा क्यूआर प्रयाेग गर्दा हुने फाइदा बारे जानकारी गराइएकाे थियाे ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ,’नगदरहित कारोबारले कसरी डिजिटल नेपालमा योगदान पुर्‍याउन सक्छ र व्यवसायहरूलाई भुक्तानीहरू सुरक्षित, छिटो र थप सुविधाजनक बनाउन मद्दत गर्छ। यस कार्यक्रम मार्फत, हामीले नगदरहित कारोबारलाई बढावा दियौं र डिजिटल भुक्तानीका फाइदाहरूमा जोड दियौं र यो कसरी व्यवसायहरूको लागि उत्तम शर्त हुन सक्छ भनेर देखाएका छौं।’

यो कार्यक्रम फोनपे, सेलपे, स्मार्ट क्यूआर र खल्ती जस्ता कम्पनीहरुकाे सहकार्यमा आयोजना गरिएको थियो । विज्ञप्तिमा भनिएकाे छ, ‘हामीले यी सबै क्यूआर प्रदायकहरूसँग हाम्रो सफ्टवेयर एकीकृत गरेका छौं। यो एकीकरणले हाम्रा ग्राहकहरूलाई पूर्वनिर्धारित रूपमा यी सबै क्यूआर भुक्तानीहरूमा पहुँच दिनेछ र उनीहरूले बहुविध विकल्पहरू मध्येबाट छनौट गर्न वा ती सबै प्रयोग गर्न सक्षम हुनेछन्। यस एकीकरणको साथसाथै हामीले सेल पेको साथ हाम्रो ब्याकएन्ड लेखा प्रणालीलाई पनि सक्षम बनाएका छौं र अबदेखि हाम्रा ग्राहकहरूले आफ्ना आपूर्तिकर्ता वा ऋणदाताहरूलाई उनीहरूको बैंक खाताबाट केही क्लिकहरूमा तत्काल भुक्तानीहरू स्थानान्तरण गर्न सक्छन्।’

साेही क्रममा कार्यक्रमका अध्यक्षता गरेका गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले आईएमएस सफ्टवेयरकाे प्रशंसा गरेका थिए । उनले गण्डकी प्रदेशलाई डिजिटलाइज गर्ने दृष्टिकोणमा यस कदमले योगदान पुग्ने बताए । उनले नगदरहित कारोबारले कसरी भ्रष्टाचार विरोधी र ई–कमर्सलाई फस्टाउने कुरामा जोड दिए ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा लेखिएकाे छ, ‘ग्राहक वर्गहरूलाई उच्च क्षमताकाे सफ्टवेयर प्रदान गरिरहेका छाैं । जसले उनीहरूलाई सामान्य सञ्चालनमा हस्तक्षेप नगरी प्रविधि र नवीनतामा अनुकूलन गर्न मद्दत गर्दछ । एक प्रणाली जुन वृद्धि र दक्षताको लागि सिर्जना गरिएको हो, जबकि शक्तिशाली र प्रयोग गर्न सरल पनि!’

आईएमएस सफ्टवेयर प्राइभेट लिमिटेड कम्पनीकाे स्थापना सन् २००० मा भएकाे हाे । नेपालको व्यवसायहरूका लागि पूर्णरुपमा आईटी समस्याहरु समाधान गर्ने उद्देश्यले उक्त सफ्टवेयरकाे स्थापना भएको हाे । स्थानीय र अन्तर्राष्ट्रिय बजारमा सफ्टवेयरकाे माग पूरा गर्न आईएमएस सफ्टवेयर प्राइभेट लिमिटेड कम्पनीले नियमित रुपमा काम गरिरहेकाे छ ।

स्थापनाकालदेखि नै नेपाललाई डिजिटल बनाउन निरन्तर काम गरिरहेकाे कम्पनीले जनाएकाे छ । हामीले म्यानुअल बिलिङको अभ्यासलाई ई-बिलिङमा परिवर्तन गरेर सुरु गर्‍यौं र त्यसबेलादेखि हामी व्यवसायहरूलाई डिजिटलाइज गर्ने दृष्टिमा काम गरिरहेकाे विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार नेपाल, भारत, मलेसिया र जापानका व्यवसायहरूसँग आबद्ध हुन पाउँदा गर्व महशुस गरिरहेका छाैं ।

Source - https://nepalmanch.com/35417/?fbclid=IwAR0G6UDCLeanSXoVjfY7tAJ8oD9XooDdvh43OxBIkSXJq5LTHFkbycSYTp4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top