आईएमएस सफट्वेयर र फोकस वान पेमेन्ट सोलुसन बीच समझदारी

पस २२, काठमाडौं । आईएमएस सफट्वेयर र फोकस वान पेमेन्ट सोलुसन बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरी सहयोग निर्माण गर्न सहमति भएको छ ।

दुवै पक्षहरुले मोको डिजिटल वालेटलाई आईएमएस सफट्वेयरको उपभोक्ता सफट्वेयरसँग एकीकृत गर्न हालै सहमति गरेका हुन् । आईएमएस सफट्वेयरको कार्यालय बाबा कृष्ण प्लाजा त्रिपरेश्वर, काठमाडौंमा गत पुस १८ गते एमओयूमा हस्ताक्षर भएको हो ।

एमओयूमा आईएमएस सफट्वेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र फोकस वान पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत प्रणया राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

दुवै पक्ष बीचको यो सहकार्यले कार्डलेस कारोबारलाई प्रवर्द्धन गर्दै डिजिटल नेपाललाई क्रान्तिकारी बनाउने एक कदमको रुपमा विकास गर्ने अपेक्षा उनीहरुले गरेका छन् ।

आईएमएस सफट्वेयर स्थानीय र अन्तरराष्ट्रिय बजारको माग पुरा गर्न मद्दत गर्ने सफ्टवेयर समाधानहरु विकास गर्न संलग्न रहेको छ भने फोकस वान भने एक गैर स्टोर मूल्य डिजिटल वालेट मोको सञ्चालन गर्ने भुक्तानी सेवा प्रदायक हो ।

Source - https://www.abhiyandaily.com/newscategory-detail/400819

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top